Climate Change Article…..

ज्ालबायू परिवर्तन ः विश्व समुदायको प्रयास ध्ा्रु्र्र्रव राज सापकोटा ध्ोरै वर्षम्म जलवायू परिबर्तनको असर तथा जोखिम सुदूर भविष्यको कुरा मानिन्थ्यो । धेरै वर्षपछि मात्र वा धेरै पछिको पुस्तामा मात्र त्यसको चुनौतिको सामना गर्नुपर्ने ठानिन्थ्यो । यसैकारण विश्व समुदायले त्यसको भविष्यको भय बारे सुरुका दिनमा केहि सोचेन । मानव सभ्यताको विकाससँगै त्रि्रगतिमा भएको विकार निर्माण खानीका कोइला, पेट्रोलियम पदार्थ र प्राकृतिक ग्याँस जस्ता जैबिक इन्धनको अत्यधिक उपयोगले बिश्वमा मानव सृजित जलबायू परिबर्तनको खतरा स्पष्ट देखिन पुग्यो । प्छिल्ला दिनहरुमा जलबायुमा हुने सामान्य परिबर्तनमा असामान्य अवस्थाहरु देखिन थालेपछि अब त्यो खतरा विश्व समुदायले यथार्थमा बुझेको छ । जलबायु परिबर्तनको असरको सुदुर भविष्यको कल्पना गर्ने विश्व समुदाय अब हाम्रै पुस्ताको लागि समेत जलबायु परिबर्तन चुनौतिपर्ूण्ा मुद्दा हो भन्ने कुरा राम्रो सँग बुझेको छ । हुन त कोइला, तेल र प्राकृतिक ग्याँस जस्ता जैबिक इन्धनको अत्यधिक र अन्धाधून्द प्रयोगले विश्वमा मानव सृजित जलबायु परिबर्तनको खतरा बढिरहेको चेतावनी सम्बन्धित बैज्ञानिकहरुले बर्षौदेखि दिदै आएका थिए । जैबिक इन्धनको दहनपछि उत्र्सर्जित हुने कार्बनडाइअक्साइडको मात्रा वातावरणमा फैलदै र बढ्दै जाँदा पृथ्बीको तापक्रम बढ्नुका साथै समुद्रको सतह पनि बढ्ने तथ्य समेत उनीहरुले दिदै आएका थिए । बैज्ञानिकहरुले जलवायु र मौसमबीचको भिन्नतामा पनि जोड दिएका छन् । जलबायु भनेको कुनै निश्चित ठाँउमा हुने तापक्रम र वषर्ाको समग्र प्रबृति हो । मौसम भनेको खास समयमा कुनै ठाँउको तापक्रम र वषर्ाको अवस्था हो । अब हामी एउटा खतरनाक युगमा प्रवेश गरेका छौ । जलबायु परिबर्तन र अन्य मानव सृजित वातावरणीय समस्या र जोखिम अब हाम्रो जीवनको प्रमुख मुद्दा भएर आएको छ । विश्वमा अहिले ज्वलन्तरुपमा देखिएको अत्यधिक ताप , वषर्ा , खडेरी , हावाहूरी , जाडो र स्वास्थ्य सम्बन्धित नयाँ समस्याले हामी आक्रान्त बन्दै गएका छौ ।जलबायु क्षेत्रका यस्ता समस्या र परिबर्तनले अब चारैतर्फप्रहार गरिरहेको छ । मानव सभ्यताले पृथ्बीको जलबायुलाई मात्र होइन कि समुद्रको रासायनिक बनोटका साथै जमिन र समुद्रमा रहने जीवजन्तुको वासस्थानमा समेत धावा बोलेको छ । हावा र पानीको गुणस्तर प्रदुषित बनेको छ भने अन्य वातावरणीय आधारभुत तत्वको चक्र इकोसिस्टममा पनि असामान्य असन्तुलन पैदा भएको छ । जलबायुको सामान्य परिबर्तनमा आएको असामान्य परिबर्तन बारे सुरुका दिनमा सोध तथा खोजकर्ताहरुलाई प्राकृतिक मौसमका कारण त्यस्तो भएको हो कि मानव सृजित दर्ीघकालिन जलबायु परिवर्तन हो छुट्टयाउन गाह्रो परेको थियो । उनीहरुले त्यस्तो प्रश्नको उत्तर समेत दिन सकेका थिएनन् । तर , पछिल्ला दिनहरुमा अवधारणागत र अनुभवज्ान्य दुबै अर्थमा पहिचान र आरोपणको एउटा नयाँ जलबायु विज्ञानले ठूलो प्रगति गरेको छ । पहिचानकेा अर्थ मौसमकेा कुनै चरम घटना मौसममा हुने स्वाभाविक परिवर्तनकै अंश हो वा कुनै गहिरो र दिर्घकालिन परिबर्तनको लक्ष्ण हो भन्ने पत्ता लगाउनु हो । आरोपणको अर्थ कुनै घटनाको सम्भाव्य कारण र मानवीय क्रियाकलाप वा अन्य तत्वबीचको सम्बन्धमा तालमेल मिलाउने क्षमता हो । विगतका वर्षरुमा भएका थुप्रै अध्ययनले के देखाएको छ भने चरम तापक्रम , भीषण वषर्ा , सुख्खा खडेरी र हावाहुरी जस्ता घटनाहरुबाट बैज्ञानिकहरुले दिर्घकालिन जलबायु परिबर्तनको प्रबृति मात्र पत्ता लगाएका छैनन् , त्यसको साथै कतिपय चरम घटनाका पछाडि मानवीय कारण रहेको तथ्य समेत उजागर गरेका छन् । जलबायुको विकसित मोडेल प्रयोग गरेर उनीहरुले दिर्घकालिन जलबायु परिबर्तनको कारण पत्ता लगाएका छन् । साथै कतिपय चरम घटनाका पछाडि रहने मानवीय कारणहरु पनि बाहिर ल्याएका छन् । पछिल्ला वर्षरुमा पृथ्वीभरि नै आर्श्चर्यजनक संख्यामा जलबायु सम्बन्धी चरम घटनाहरु देखिएका छन् । प्रत्येक वर्षभईरहेका त्यस्ता प्राकृतिक परिवर्तनहरुलाई अलग्याएर विश्लेषण गर्दा बैज्ञानिकहरुले पछिल्ला थुप्रै यस्ता घटना मानवसृजित जलबायु परिबर्तनका कारण भएको तथ्य पत्ता लगाएका छन् । मानव सृजित जलबायु परिवर्तनका कारण मानव सभ्यताले आफैमाथि बढ्दो रुपमा जोखिम निम्त्याइरहेको छ । एउटै अन्तराष्ट्रिय समुदायका रुपमा हामीले आगामी २५ वर्षभित्र जैबिक इन्धनमा आधारित अर्थतन्त्रबाट एउटा नयाँ , विकसित र न्युन कार्बनयुक्त उर्जा प्रबिधि तर्फसंक्रमण गर्नपर्ने आवश्यकता छ । हामी तथा हाम्रो पुस्ता त्यसको प्रभावकारी कार्यान्वयन गर्न तयार छौ भन्ने सन्देश अब विश्व समुदायले दिन सक्नु पर्छ । ज्ालवायू परिवर्तनका खतरा र उदाहरण ः विश्वका विकशित तथा औघोगिक राष्ट्रहरुले अत्याधिक प्रयोगमा ल्याउने कार्बनजन्यर् इन्धनका कारण वायूमण्डलमा कार्बन उर्त्र्सजनको मात्रा बढदै जाँदा विश्व तापमानमा वृद्धि भैरहेको छ । उघोगधन्दा आणविक भट्टी र अन्य जैविक ग्यास उघोगबाट निक्लने कार्बनर्डाईअक्र्साईड लगायतका अन्य हरितगृह ग्याँसको माग तापमण्डलमा बढ्दै जाँदा ओजोन तहमा समेत प्वाल पर्दे गैरहेको विभिन्न तथ्यहरुले बताएकाछन । र्सर्ूयबाट आउने प्रकाश ओजोन तहबाट फिल्टर हुन नसक्दा त्यसलाई वायूमण्डलको कार्बनअक्र्साईडले सोस्दा तापक्रममा वृद्धि भएको हो । त्यसरी भएको तापक्रम वृद्धिले उच्च हिमाली तथा पहाडी भागमा यसको असर टडकारो देखिएको छ । त्ाापमानको वृद्धिबाट सबैभन्दा पहिलो असर हिँउलाई पर्ने त स्वभाविक नै छ । तापबाट हिँउ पग्लने त्यसको सामान्य चक्रमा असामान्य स्ििथतिले हिँउ पग्लने प्र्रक्रियामा वृद्धि हुने र जसका कारण समुन्द्रमा अत्याधिक पानी जस्मा भई सामून्दि्रक सतह बढि आसपासको मानव बस्ती तथाहोचा टापु डुबानमा पर्ने सम्भावना बढिरहेको छ । यसबाट हिमाली क्षेत्रमा पाईने कतिपय पशुपंक्ष्िा तथा प्राणीको जिवन समेत खतरामा रहेको पनि मान्न सकिन्छ । विश्वको तापक्रम सादा ०.१ देखि ०.३ ड्रि्री सेन्टिग्रेड सम्म बढ्दैछ भने हिमाली तथा अन्य उच्च पहाडी भेगमा तापक्रम वृद्धिदर सादा भन्दा तिनदेखि चार गुणा समम रहेको अध्ययनहरुले देखाएको छ । यसै परिपेक्षमा विश्व तापमान वृद्धिमा नेपालको भूमिका न्यून भएपनि जलवायू परिवर्तनको असर नेपालका हिमाली तथा उच्च पहाडी भागमा बढि परेकोछ । यस विषयमा नेपालमा काम गर्ने क्ष्ऋक्ष्ल्इम् ले गरेको अध्ययन अनुशार उच्च हिमश्रृंखलाको हिँउ पग्लेर र हिमतालको संख्या बढदै गएको तथा पहिले बनेका हिमतालहरु Kmूट्न सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ । जलवायू परिवर्तनका कारण ती भेगहरुमा जैविक विविधताका असर पर्नुका साथै आउन थालेको पाईएको छ । यसैगरी अति वृद्धि, अना वृद्धि खडेरी बाढी पहिरो जस्ता समस्याबाट समेत ती क्षेत्र प्रभावित हुन थालेका छन । पानीका मुहान सुक्ने र्,र् इनाहरहरु सुक्दै जाने र कतिपय साना प्रजातीका बोट बिरुवा लोप हुँदै जाने र नया उम्रने जस्ता तथ्यहरु प्ानि देखिन थालेको छ । भाबी रणनितिबारे आँउदा दिनमाजलवायू परिवर्तनका कारण गरिबि भोकमरि जस्ता असहज परिस्थिति श्रृजना हुन सक्ने देखिन्छ । तर्सथ वातावरण एवं पर्यावरण र्सवेक्षण, वृक्षारोपण, विघमान कृषि प्रणालीमा सुधार जोखिममा रहेका हिमताल र्सवेक्षण लगायतका विभिन्न जलवायू परिवर्तन र यसका अशर तथा न्यूनिकरणका उपायहरुका बारेमा सोच्न समेत जरुरी छ । त्यसैगरि जलवायू परिवर्तनका विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु र सोहि अनूरुप राष्ट्रिय नीति निर्माण गर्नतर्फपनि समय मै सोच्न जरुरी छ । यसैगरि कार्बनजन्यर् इन्धन प्रयोगमा कमि ल्याउने, वैकल्पिक उर्जा उत्पादन तथा उपयोगमा जोड, वन तथा वातावरण संरक्षण गर्दे गरिबी निवारणमा लगानी बढाउनर्ुपर्छ । नेपाल लगायत अतिकम तथा अल्प विकशित राष्ट्रहरुले जलवायु परिवर्तनमा मुख्य भुमिका खेल्न सक्ने औघौगिक एंव अति सम्पन्न राष्ट्रमाथी नैतिक दबाब पर्ने खालका अभियान सञ्चालन गर्ने र अन्तराष्ट्रिय मुलुकहरुमा सम्बन्धित बहस चलाउने गरे जटिल जलवायु परिवर्तन सम्बन्धित समस्या कम गर्न मद्दत पुर्‍याउने छ । [email protected]