Air Polution

ब्ाायु प्रदुषणको बढ्दो खतरा
काठमाण्डौ र दिल्ली पनि जोखिममा
ध्रुबराज सापकोटा

काठमाण्डौमा विश्व स्वास्थ्य संगठन धजय ले तोकेको मापदण्ड भन्दा २० गुणा बढि बायु प्रदुषण रहेको छ । यस दृष्टिले हर्ेदा दक्षिण एसियाका ठूला शहरहरु मध्ये काठमाण्डौ र दिल्ली सबै भन्दा बढि बायू प्रदुषण भएका शहर मानिएका छन् । बिभिन्न कारणहरुले हुने बायू प्रदुषणको असरले मानव स्वास्थ्य र सामान्य जनजीवनमा नराम्रा असरहरु पर्दछन् ।
दक्षिण एसियामा वातावरण , विज्ञान र जलवायू परिबर्तन सम्बन्धी काम तथा अनुसन्धान गरिरहेको नयाँदिल्लीस्थित अभलतभच ायच कअष्भलअभ बलम भलखष्चयnmभलत – अकभ ले हालै र्सार्बजनिक गरेको एक अध्ययनले पनि सो कुराको पुष्टी गरेको छ । द्दघ वगथि द्दण्ज्ञद्द मा काठमाण्डौमा सो संस्था र नेपाल वातावरण पत्रकार समुह द्वारा आयोजित एक कार्यक्रममा र्सार्वजनिक गरिएको प्रतिबेदन अनुसार दक्षिण एसियाका ठूला २२ शहर मध्ये काठमाण्डौ र नयाँदिल्ली सबैभन्दा धेरै वायू प्रदुषित शहर हुन् ।
वायू प्रदुषणका कारण विशेष गरी सडक छेउबाट हिँडडुल गर्ने मानिसहरु र आसपासका पसलेहरुलाई नकारात्मक असर पुर्याएको पनि प्रतिबेदनले जनाएको छ । काठमाण्डौको वायू प्रदुषणको मुख्य कारण विभिन्न यातायातका साधनहरुबाट निस्कने धुँवा र सडक तथा त्यसको छेउछाउबाट उड्ने धुलो हो ।
मानिसले स्वाँस लिँदा नाक मुख बाट छिरि असर गर्ने प्रदुुषणलाई उam भनिन्छ । सामान्यतया उam- १० को मात्रा वायूमा १सय २० हूनुपर्नेमा ३ सय ५० भन्दा पनि माथि पुगेको अनुमान गरिएको छ । विचारणीय कुरा त के छ भने धजय ले उam-१० को मात्रा २० भन्दा माथि हुन नदिन उल्लेख गरेको छ ।
केहि समय अघिको एउटा अध्ययन अनुसार काठमाण्डौमा गाडीबट निस्कने धुँवाले उam-१० को ३८ प्रतिशत भाग लिन्छ । यसैगरी सडकको धँुलोका कारण २५ प्रतिशत कृषिका कारण , १८ प्रतिशतर् इट्टाभट्टाका कारण , ११ प्रतिश्ात घरबाट खाना पकाउदा वा अन्य कारणले , ३ प्रतिशत डढेलो वा फोहर जलाउने कारणबाट एक प्रतिशत उधोग धन्दाबाट तीन प्रतिशत र अन्य कारणहरुबाट एक प्रतिशत उam-१० को मात्रा नजिकको वातावरण वा वायुमण्डलमा फैलिन्छ ।
एam-१० र उam – २.५ ले मानिसलाई विभिन्न रोग लाग्ने र त्यसबाट अन्य रोग सृजित भई मृत्यु सम्म हुन्छ । काठमाण्डौमा जाडोयाममा धेरै वायु प्रदुषण हुने गरेको छ । सोही कारणबाट मानिसहरुले गम्भीर समस्याहरु भ्ाोगेका पनि काठमाण्डौमा आयोजित कार्यक्रममा अकभ की वायु प्रदुषण विज्ञ अनुमिता राय चौधरीले जानकरी दिनुभयो ।
काठमाण्डौमा वायु प्रदुषण जाँच्ने उपकरण नभएको वा भएको पनि काम नगर्ने हँुदा सत्य तथ्य प्रकट भएको त्यति पाइदैन् । पछिल्लो समयमा काठमाण्डौको यातायातका साधनमा बृद्दि भएको र विस्तारित सडक समयमै मर्मत तथा निर्माण नहुदा प्रदुषणको मात्रा झन बढेको सजिलै कल्पना गर्न सकिन्छ । तर यसतर्फसम्बन्धित सरोकारवाला निकाय मौन रहेका छन् ।
सम्बन्धित निकायले विभिन्न स्थानमा राखेको वायु प्रदुषण नाप्ने उपकरणले राम्र्रो काम नगरेको बताउने गरेको पाइन्छ । सरकारी निकायले यातायातका साधनको गुणस्तर मापन गर्न नसक्दा प्रदुषणको मात्रा कति बढ्यो वा घट्यो भन्ने तथ्य र्सार्बजनिक गर्न सकिरहेको देखिदैन । सन् २००९ मा प्रकाशित

पर्यावरण प्रदुषण अनुसन्धान प्रतिबेदन अनुसार काठमाण्डौमा यातायात समस्या र साँघुरा सडकका कारण सामान्य जनजीवन झन धुमलिएको जनाइएको छ । वातावरण मन्त्रालयबाट प्रकाशित एक तथ्यांक अनुसार नेपालमा बर्षोनि १६ सय भन्दा बढीको वायु प्रदुषणका कारण मृत्यु हुने गरेको छ । यस सम्बन्धी जानकार तथा विज्ञहरुका अनुसार अत्यधिक वायु प्रदुषणका कारण घामको ताप कम हुने , हुस्सु लाग्ने र असहज स्थिति सृजना हुने हुन्छ । त्यस्तै एसिडयुक्त वषर्ाको पनि खतरा रहन्छ । काठमाण्डौमा त्रि्र गतिमा भएको शहरीकरण , अब्यब्ास्थित बसोबास र वायु प्रदुषणको खतरा बारे सम्बन्धित निकायले समयमै जानकारी नगराउदा यसको चुनौति र समस्या झन थपिदै गएको विज्ञहरुले बताएका छन् । काठमाण्डौमा अकभ ष्लमष्ब र लभाभव ले २७ जुलाई २०१२ मा आयोजना गरेको अजबििभलनभक या बष्च त्रगबष्तिथ बलम mयदष्ष्तिथ mबलबनझभलत ष्ल कयगतज बकष्ब अष्ष्तष्भक कार्यक्रममा विज्ञहरुले सरकारले वायु प्रदुषण नियन्त्रण गर्न ठोस कार्यक्रम ल्याउन आवश्यक रहेकोमा पनि जोड दिएका थिए ।
सोही कार्यक्रममा यातायात , भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसी सिटौलाले सरकारले यातायातको साधनहरुको प्रदुषण नियमित रुपमा जाँच गर्ने र नेपालमा यूरो मापदण्ड तत्काल बढाउने तयारी भईरहेको बताउनु भयो । दक्षिण एसियामा वायु प्रदुषणको खतरा बढेका कारण जनचेतना जगाउन र सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षा गर्न काठमाण्डौमा पनि यस सम्बन्धित कार्यक्रम तय गरिएको अकभ का कार्यक्रम निर्देशक सोपार्नो वनर्जीले स्पष्ट पार्नुभएको थियो ।
यसैगरी अन्तराष्ट्रिय र छिमेकी मुलुकका सबै संस्थासँग मिलेर काम गर्दा एक आपसमा समस्या सुल्झाउन सजिलो हुने नेफेजका अध्यक्ष लक्ष्मण उप्रेतीले बताउनु भएको थियो ।
कार्यक्रममा अकभ ष्लमष्ब का अनुमिता राय चौधरी , प्रियन्का चण्डोला , सोपार्नो वनर्जी र पपिया समझदार र नेपाली वातावरण सम्बन्धी पत्रकारहरुको सहभागिता थियो ।
कार्यक्रममा उपस्थित नेपाली पत्रकारहरुले दक्षिण एसिया तथा नेपालको वायू प्रदुषणका विषयमा सरोकारवाला गम्भीर हुनुपर्ने र सो सम्बन्धी काम गर्ने सरकारी निकाय सजग रहनु पर्ने सुझाव दिएका थिए ।

This entry was posted in Dhruba Raj Sapkota, Uncategorized by dhrubarajsapkota. Bookmark the permalink.

About dhrubarajsapkota

Journalistic Autobiography Mr. Dhruba Raj Sapkota has been working in the News Reporting Section of Radio Broadcasting Service (Radio Nepal) as a News Reporter/Broadcast Journalist since 31st August 1997. Hecovers the news on environment and climate change including political issues. Meantime he was joining in Public Service Monitoring and Inspection Team, as a Press Coordinator which was formed by Nepal government. (19 March to 14 May 2003) He was there on deputation on behalf of his organization during the period. He was also correspondent from Bardiya district to Kathmandu for the Everest Herald national daily. (13 April 1996 to 12 April 1997) And Budhabarweekly (21 November 1996 to 20 November 1997 and as a special press representativefor central office (20 November 1997 to 21 November 1998) He has bothexperiences print and electronic medias and he is a member of Federation of Nepali Journalists. Mr. Sapkota has been awarded Wash Media Award 2012 by Geneva Switzerland. International Energy Globe Award 2013 by Energy Globe Award Foundation Viena Austria and Panos South Asia Award 2013-2014 by Panos South Asia Kathmandu, Nepal.

Leave a Reply